४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक
काठमाडौं, ६ असोज । राष्ट्र बैंकले आज असोज ६ गते बिहीबार ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको छ ।
राष्ट्र बैंकले सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो । ६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेश गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वाषिर्क प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंक्ले जनाएको छ । तर, समान वाषिर्क प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँट हुनेछ ।
२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल साझै खरिद हुने केन्द्रिय बैंकले जनाएको छ ।