Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वीर अस्पताल अगाडिका फार्मेसी भत्काउदै काठमाडौं महानगर

वीर अस्पताल अगाडिका फार्मेसी भत्काउदै काठमाडौं महानगर

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ।

महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो। अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।

वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो। मेयर बालेन शाहको सचिवालयका एक सदस्य, कुमार व्यञ्जनकारले नक्सामा पार्क बनाउने भने पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको जानकारी दिए।

‘अहिले जुन ठाउँमा ‌औषधि पसल राखिएको छ। त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिएको छ,’ उनले भने।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x