Shangrila

आइएमई पे ले अब ७.१३ प्रतिशत ब्याज दिने

काठमाडौं, ६ असोज । एकमात्र ब्याज दिने वालेट आइएमई पे ले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ पतिशत कायम गरिएको छ ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने भएका छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन् ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।

यसका साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउने बताइएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *