Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा

मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा

काठमाडौं, ९ जेठ । ग्लोबल कीटेक्नोलोजी प्रालिले समय र पैसाको बचतसंगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा ल्याएको छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकैलागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो ।

रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखकादिन२३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् ।

नेपालमा ब्राण्डेड अनलाइनशपिंगहबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको जनाएकोछ । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाताखोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x