नेप्से परिसूचक ९.६९ अंकले ओरालो
काठमाडौं, ३० असोज । यस साताको पहिलो दिन शेयर कारोबार ओरालो लागेको हो ।
आइतबार नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ बिन्दुमा पुगेको छ ।
यस दिन ८० करोड ३५ लाख २५ हजार रुपैयाँको शेयर कारोबारमा २५ लाख ७४ हजार ७ सय ८५ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीको कारोबार घटेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ ।