एनआईबिएल एस क्यापिटको धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम
काठमाडौं, ३० असोज । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा एनआईबिएल एस क्यापिटल लि. ले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. प्रा. लि. को सहकार्यमा प्र्रदेश शुक्रबार प्रदेश नं १ को ईलाममा “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम“ आयोजना गरेको छ ।
सो कार्यक्रम नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको प्रमुख आथित्यतामा ईलाम बजार तथा सो क्षेत्र आसपासका आम लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिताका बिच सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारी मूलक सामाग्रीहरु प्रस्तुत गरीएको थियो सो क्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट सहायक निर्देशक हरी प्रसाद भुसालले र एनआईबिएल एस क्यापिटलको तर्फबाट म्युचुअल फण्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए ।
साथै स्थानिय लगानीकर्ताहरुका धितोपत्र बजार सम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो । यसै कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ्ग सेवा तथा यस सम्बन्धीत अन्य जिज्ञासाहरुको बारेमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. का प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले सम्बोधन गरेका थिए ।