१ खर्ब ८ अर्ब पुनर्कर्जा लगानीमा

काठमाडौं, ७ कात्तिक । चालू आर्थिक वर्षको पहलो दुई महिनामा नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ भदौ मसान्तमा १ खर्ब८ अर्ब ४९ करोड लगानीमा रहेको छ । २०७९ भदौ मसान्तसम्ममा १ लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १३ अर्ब २३ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३ सय २ ऋणीलाई प्रवाह भएको रू. १ खर्ब ३९ अर्ब ६७ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७ सय ९०
महिला उद्यमीलाई प्रवाह भएको रु।७० अर्ब १० करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको रु।३ अर्ब ४६ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ भदौ मसान्तमा रु।८९ करोड ७३ लाख बक्यौता रहेको छ ।