तिहार पछिको पहिलो कारोबार दिन नेप्सेमा हरियाली
काठमाडौं, १४ कात्तिक । तिहार पछिको पहिलो कारोबार दिन सोमबार नेप्सेमा हरियाली छाएको छ ।
सोमबार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा समेत सुधार आएको छ । तिहार अघिको अन्तिम कारोबार दिन आइतबार ५१ करोड ६८ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको थियो भने तिहार पछिको पहिलो दिन आज कारोबार रकम बढेर ६९ करोड ७३ लाख १७ हजार बढीको कारोबार हुँदा २५ लाख ७४ हजार ९ सय ७५ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये १२ समूहका कम्पनीको कारोबार बढेको छ भने एउटा समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ४२.४८ अंकले होटल तथा टुरिजम समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।
एक साताको कारोबार बन्द पछि आज कारेबार सुरु भएको हो ।