सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, १५ कात्तिक । साताको दास्रो कारोबार दिन सुनचाँदीको मूल्य सामान्य अंकले बढेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय र चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
आइतबार छापावाला सुन प्रतितोला ९३ हजार र चाँदी प्रतितोला १२ सयमा कारोबार भएको थियो भने यस दिन सुन १ सय र चाँदी १५ रुपैयाँले मूल्य बढेर कारोबार भएको हो ।
यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छ ।