Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

संघ, परिसंघको वर्तमान वित्तिय संकटका सम्बन्धमा गर्भनर अधिकारी संग छलफल

संघ, परिसंघको वर्तमान वित्तिय संकटका सम्बन्धमा  गर्भनर अधिकारी संग छलफल

काठमाडौं, १६ कात्तिक । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयूक्त प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ कर्मचारीहरुका साथ भेटघाट गरी वर्तमानको वित्तीय संकट सम्बन्धमा प्रतिवेदन सहित सुझाव प्रस्तुत गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नंं १ का अध्यक्ष भिम घिमिरे लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले गर्भनर अधिकारीलाई केन्द्रिय कार्यालयमा भेटी अहिलेको समस्याले उद्योगहरुमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरेको छ ।

गर्भनर अधिकारीले उद्योगको समस्या प्रति नेपाल राष्ट्र बैंक गम्भीर रहेको जनाउदै सम्पूर्ण वित्तिय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिएका छन् ।

तीनै संस्थाका तर्फबाट संयूक्त रुपमा तयार पारि गर्भनर समक्ष प्रस्तुत गरिएको वित्तिय तरलता अभाव तथा ब्याज बृद्धिका कारण औद्योगिक क्षेत्रमा परेको असर र समाधान गर्नुपर्ने उपायहरु सहितको प्रतिवेदन संलग्न राखी पठाईएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x