Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

पुनः सञ्चालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

पुनः सञ्चालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

काठमाडौं, १७ कात्तिक । कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । कोइला अभावसँगै उद्योगको किल ९क्लिङ्कर उत्पादन गर्ने० मा समस्या आएका कारण गत साउन महिनादेखि उद्योगको उत्पादन ठप्प रहेको थियो । उद्योगका प्रवक्ता अशोक गौतमले कोइला आपूर्ति हुन थालेसँगै बन्द उद्योगबाट क्लिङ्कर उत्पादन प्रक्रिया सुरु भएको जानकारी दिए ।

उद्योगमा कोइला आपूर्ति भएसँगै उद्योग सञ्चालनमा आए पनि अझै पर्याप्त कोइला मौज्दात नभएका कारण जुनसुकै समयमा उद्योगको उत्पादन बन्द हुने जोखिम टरेको छैन । उद्योगमा अहिले दुई हजार टन मात्र कोइला मौज्दात छ ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले नियमित रूपमा कोइला आपूर्ति भएमा सिमेन्ट उत्पादनले निरन्तरता पाउने बताउनुभयो । उनले दैनिक २५० देखि तीन सय टनसम्म कोइला खपत हुने र कोइला आउने क्रम जारी रहेको भन्दै आज (बिहीबार)देखि थप परिणाममा कोइला आउने बताए । उद्योगमा हाल मौज्दात रहेको कोइलाले एक साता मात्र उद्योग सञ्चालनमा आउन पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x