आप्रवासनले दक्षिण एशियाको आर्थिक पुनरुत्थानलाई बढावा दिने
काठमाडौं, २१ कात्तिक । दक्षिण एसियाले अभूतपूर्व आर्थिक झट्काको प्रभावबाट मुक्ति पाएको अवस्थामा बसाइँसराइले यसको पुनरुत्थानलाई बढावा दिन सक्ने विश्व बैंकले बताएको छ । आप्रवासनले दीर्घकालीन विकासलाई टेवा पुग्ने विश्व बैंकले आफ्नो पछिल्लो क्षेत्रीय आर्थिक अपडेटमा बताएको हो ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज र विश्व बैंकको आयोजनामा सोमवारदेखि सुरु भएको सम्मेलनमा यसबारे बताइएको हो । सम्मेलनले शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई दक्षिण एसियामा बसाइँ सराइ सम्बन्धी वर्तमान अवस्था, चुनौती र प्रगतिबारे छलफल गर्न मञ्च उपलब्ध गराउने बताएएको छ ।
‘आप्रवासनले आर्थिक वृद्धिलाई चलाउँछ । किनकि यसले मानिसहरूलाई आफूहरू बढी उत्पादक भएको ठाउँमा जान अनुमति दिन्छ । खाडी राष्ट्रहरूमा काम गर्ने बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय आप्रवासीहरूले घरमा बसेको भन्दा पाँच गुणासम्म कमाउँछन्,’ विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वमा सबैभन्दा ठूलो रेमिटेन्स प्रवाह उत्पन्न गर्न मद्दत गर्छन् ।’
‘बसाइँसराइबाट धेरै आर्थिक फाइदाहरू भए पनि कर्जाको अभाव, सूचनाको अभाव र श्रम बजारको द्वन्द्वजस्ता आवतजावतको लागतले पूर्णरूपमा प्राप्ति हुनबाट रोकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । ‘नेपाल र दक्षिण एसियाभरका देशहरूले श्रम गतिशीलतालाई सहज बनाउन काम गर्नुपर्छ,’ उनले भने, ‘किनभने त्यसो गर्नु यस क्षेत्रको पुनरुत्थान र भविष्यका झट्काहरूसँग लचिलोपनका लागि महत्वपूर्ण छ ।’
‘विश्वमा रेमिट्यान्सको सबैभन्दा बढी लाभ उठाउने देश दक्षिण एसिया हो । रेमिट्यान्सले गरिबी निवारण गर्न, आर्थिक झट्का सामना गर्न र नेपालमा दिगो विकास लक्ष्यतर्फ उल्लेखनीय प्रगति गर्नमा केन्द्रीय भूमिका खेलेको छ,’ आईआईडीएसका कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले भने ‘यद्यपि, श्रमिक उमेरका जनसंख्याको ठूलो संख्या रोजगारीको खोजीमा विदेश गएको मुलुकमा बसाइँसराइको सामाजिक आर्थिक र राजनीतिक लागत पनि निकै उच्च छ ।