सीएनबीएम प्रविधिको मलको माग तथा प्रयोग बढ्दै (भिडियो सामग्री)
नेपालमै पहिलोपटक भित्र्याइएको जापानी सीएनबीएम प्रविधिको मलप्रति चासो, आकर्षण र प्रयोग बढ्न थालेको छ । कृषिबाली राम्ररी हुर्काउन र उच्च प्रतिफल पाउन यो प्रविधि उपयुक्त मानिएको छ । रिकिसी कम्पोष्ट प्रालिले नेपालमा सन् २०१८ देखि उक्त प्रविधिको मल उत्पादन शुरू गरेको हो । यो मल प्रविधिको महत्व र विशेषताबारे कम्पनीकी प्रबन्ध निर्देशक उषा गिरीसँग गरिएको कुराकानीमा आधारित रिपोर्ट ।