Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

नेप्से परिसूचक ६.४३ अंकले ओरालो

नेप्से परिसूचक ६.४३ अंकले ओरालो

काठमाडौं, २१ कात्तिक । साताको दोस्रो दिन शेयर कारोबार ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । सोमबार २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँको शेयर कारोबारमा ४९ लाख ४४ हजार ७६ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये ८ समूहका कम्पनीको कारोबार बढेको छ भने ५ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ६२.९९ अंकले उत्पादन तर्फका कम्पनीको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x