२८ कम्पनी आईपीओ ल्याउने तयारीमा, अधिकांश कम्पनी जलविद्युत्का
काठमाडौं, २५ कात्तिक । सर्वसाधारण शेयर (आईपीओ) निष्कासनका लागि २८ ओटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन लिएर अनुमतिको प्रक्रियामा रहेका अधिकांश कम्पनी जलविद्युत्का छन् ।
बोर्डका अनुसार आईपीओका लागि आवेदन दिएका कम्पनीहरूमा जलविद्युत्का मात्रै १७ ओटा छन् । आवेदन दिएका कम्पनीहरूमध्ये प्रारम्भिक अध्ययनको चरणमा ११ ओटा छन् । यस्तै आवश्यक अध्ययन गरेर बोर्डले टिप्पणी पठाएका कम्पनीहरू १० ओटा र प्रतिक्रिया पाएर अन्तिम समीक्षाको क्रममा रहेका कम्पनीहरू ७ ओटा रहेका छन् । बोर्डले अनुमति दिएपछि आवश्यक तयारी सकेर यी कम्पनीहरूको आईपीओ निष्कासन गरिन्छ ।