नेपाल – चिनको व्यापार स्थिती सुधार गर्न संघलाई उपराष्ट्रपति पुनको सुझाव
काठमाडौं, २४ कात्तिक । नेपाल – चिन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा काठमाडौंको होटल ¥याडिसनमा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख आथिति उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाल र चिनको व्यापार स्थिती सुधार गर्न नेपाल चिन उद्योग वाणिज्य संघलाई सुझाउनु भएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालुआर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको व्यापार स्थिती हेर्दा नकरात्म रहेको भन्दै नेपाल बाट चिनमा निर्यात बढाउनु पर्नेमा घट्दो रहेको पुनले बताउनु भएको थियो । चिन बाट एक सय रुपैयाँको आयात हुँदा नेपाल बाट ३० पैसाको मात्र निर्यात गर्ने गरेको उँहाले बताउनु भएको छ । ‘यो व्यापार स्थिती नेपालको अर्थतन्त्रका लागि राम्रो होइन’ उँहाले भन्नु भयो ।
यस्तै गुणस्तरीय वस्तुको उत्पादन र उत्पादित वस्तुको प्रर्वद्धन आर्थिक कुटनीति मार्फत गर्नु पर्ने बताउनु भयो । जुन देशको निकासि बढी हुने गर्छ त्यस देशको आर्थिक विकास छिट्टै हुने भएकोले निकासिका वृद्धि गर्नु पर्ने बताउनु भएको थियो ।