नेप्से सामान्य अंकले ओरालो
काठमाडौं, २९ कात्तिक । साताको तेस्रो दिन शेयर कारोबार समान्य अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा पुगेको हो ।
यस दिन कारोबार रकम समेत बढेको छ । मंगलबार १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा २७ लाख ४५ हजार १ सय ९ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये १० समूहका कम्पनीको कारोबार घटेको छ भने ३ समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै ६४.०५ अंकले उत्पादन समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।