नेपाल बैंकद्वारा के एल दुगड समुहकाअध्यक्ष किसनलाल दुगडलाई सम्मान
काठमाडौं, १ मंसिर । के एल दुगड समुहकाअध्यक्षकिसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सवको अबसरमा सम्मान गरेको छ । बैंकले किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै ब्यवसायिक साझेदारको रुपमा रहीरहेको र यो कुरा बैंकले चिरकाल सम्म सस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।
मुलुकमाआर्थिक कारोबारलाई प्रबर्धन गर्दै रोजगारी श्रीजना गर्ने, उत्पादनमुलक क्षेत्रमालगानी गरी निर्यातको माध्यमबाट बिदेशीमुद्राआर्जन गर्ने, आपुर्ती प्रणालीलाई शाहअजिकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उद्यमशिलताको श्रीवृद्धी गर्ने कार्यमा किसनलाल दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुनपाएकोमा पनि बैंकले गर्व महसुस गरेको सम्मान प्रमाण पत्रमा उल्लेख छ ।
नेपाल बैंकको ब्यवसायिक तथा निष्ठावान ग्राहकको रुपमानिज दुगडलाई सम्मानपत्रवितरण नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।
उक्त अबसरमा सम्मान ग्रहण गर्दै किसानलाल दुगडले आफुले पहिलो बैंकिङ्ग कारोबार नेपाल बैंकबाट गरेको,सन १९६० मा नेपाल बैंक मार्फत नै एल सि खोलेर रजुट निर्यात गरेको, सन १९८१ मा एउटै एल सि मार्फत बैंककै ईतिहासमा आज सम्मैकै ठुलो एल सि मार्फत चामलबङगलादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथाआफ्नो समुहले कृषितथाविभिन्न क्षेत्रसँग सम्बन्धितउद्योग खोलीउत्पादित बस्तुहरु विदेशसम्म निर्यात गर्न सक्षम भएको स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगतीको शुभकामनादिएका थिए ।