Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एन आई सी एशिया बैंकमा भिडीयो केवासी बाटै ग्राहकहरूको केवासी अद्यावधिक गर्न सकिने

एन आई सी एशिया बैंकमा भिडीयो केवासी बाटै ग्राहकहरूको केवासी अद्यावधिक गर्न सकिने

काठमाडौं, १ मंसिर । एन आई सी एशिया बैंकमा भिडीयो केवासी बाटै ग्राहक महानुभावहरूको केवासी विवरण अद्यावधिक गर्न सकिने भएको छ ।

घर वा अफिसबाटै आफ्नो खाताको केवासी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाईन एप्लिकेशन ट्याब गरी इ-केवासी छनौट गरी आफ्नो खाता नम्बर तथा केवासी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सब्मिट गर्नुपर्ने बैंकले जनाएको छ ।

त्यसपछि ग्राहक महानुभावहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडीयो कल मार्फत केवासी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने वा बैंकिङ्ग समयमा भिडीयो कल को लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवासी विवरण अद्यावधिक गर्न सकिनेछ ।

बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडीयो केवासी सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकहरूले भी-केवासीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो-निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडीयो कल मार्फत देखाउनु पर्ने छ । यसरी भी-केवासी मार्फत केवासी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x