मंसिरको पहिलो दिनको कारोबारमै देखियो नेप्सेमा हरियाली
काठमाडौं, १ मंसिर । यस महिनाको पहिलो दिन तथा साताको पाँचौं दिन शेयर कारोबार २५.५७ अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा पुगेको हो ।
क वर्ग समूहका कम्पनीको कारोबार ४.४९ अंकले बढेर ३८१.०६ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशतले कारोबारमा सुधार भएको हो ।
यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै १०२.८९ अंकले उत्पादन समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।