Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज, ५६३५ उम्मेदवार प्रतिस्पर्धामा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज, ५६३५ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर एकैसाथ मतदान शुरु भएको छ । देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । देशभर १४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने (प्रत्यक्षतर्फ) निर्वाचन प्रणालीअन्तर्गत १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत ३३० सिटका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।

निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीअन्तर्गत कूल ४९५ सिटका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

मतदान सकिएलगत्तै मतपेटिका सम्बन्धित क्षेत्रमा सङ्कलन गरेर तत्काल मतगणना सुरु गर्ने आयोगको तयारी छ । पहिलो चरणमा प्रतिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना हुनेछ । सोलगत्तै प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना प्रारम्भ हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको समानुपातिक र त्यसपछि प्रदेशसभाको १ र २ को समानुपातिकको मत गणना हुनेछ । प्रत्यक्षतर्फको मतगणना तीन दिनभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x