Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तीन महिनामा करिब साढे ९ खर्बको अन्तरबैंक कारोबार

तीन महिनामा करिब साढे ९ खर्बको अन्तरबैंक कारोबार

काठमाडौं, ४ मंसिर । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरको समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले नौ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको आठ खर्ब ५६ अर्ब दुई करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ८५ अर्ब ५८ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल नौ खर्ब १९ अर्ब ८९ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब २२ अर्ब ६१ करोड गरी उक्त परिमाणमा अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबार बढेकै आधारमा ब्याजदर पनि बढेको छ । सो अनुसार २०७८ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव ८६ प्रतिशत रहेकोमा २०७९ असोजमा १० दशमलव १४ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ असोजमा चार दशमलव ९५ प्रतिशत रहेकोमा २०७९ असोजमा आठ दशमलव ५० प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ असोजमा आठ दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x