Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

जलवायु सम्मेलन : क्षतिपूर्ति कोष स्थापना

जलवायु सम्मेलन : क्षतिपूर्ति कोष स्थापना

शर्म एल–शेख (इजिप्ट) । गत कात्तिक २० गतेदेखि इजिप्टको शर्म एल–शेखमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन हरितगृह ग्यास उत्सर्जनका कारण प्रभावित निर्धन राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउने कोष स्थापना गर्न सफल भएको छ । नवस्थापित कोषलाई गरीब राष्ट्रहरूले आफ्नो जितका रूपमा लिएका छन् । कोषबाट बाढी, खडेरी, आँधीलगायत जलवायुजन्य क्षतिको शिकार बनेका देशलाई सहायतास्वरूप रकम भुक्तानी हुनेछ । साना टापु राष्ट्र समुद्री सतह बढेकाले जलवायु परिवर्तनको चरम चपेटामा परेका छन् ।

कोष स्थापनापछि टुभालुका अर्थमन्त्री सेभ पेनिउले तीन दशक लामो संघर्षपछि विश्वका करोडौं मानिसलाई न्याय मिलेको तथा क्षति सम्बोधनमाा मद्दत पुगेको बताएका छन् भने पाकिस्तानका वातावरणमन्त्री शेरी रहमानले कोष दान दिने परोपकारी निकाय नभएको टिप्पणी गरेका छन् ।

त्यसअघि सम्मेलनमा उपस्थित सबै देशका प्रतिनिधिले कोष स्थापनासम्बन्धी प्रस्ताव पारित भएपछि त्यसको स्वागत गरेका थिए । कोष स्थापनाका निम्ति दिनभर प्रतिनिधिहरूबीच माथापच्ची भएको थियो । कोष स्थापनासँगै संयुक्त राज्य अमेरिका, चीन, भारत, युरोपेली संघमा आबद्ध औद्योगिक राष्ट्र र समूहले क्षतिपूर्ति रकम कोषमा जम्मा गर्नुपर्नेछ ।

आइतवार नै कोप–२७ समापनको घोषणा भएको छ । कोप–२७ अध्यक्ष इजिप्टका राष्ट्रपतिले अर्को सम्मेलन आयोजना गर्ने मुलुक संयुक्त अरब इमिरेट्सलाई अध्यक्षता हन्तान्तरण गरेका छन् । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *