सरकारको पूँजीगत खर्च निराशाजनक

काठमाडौं, ७ मंसिर । पूँजीगत खर्च हुनै नसक्ने समस्या यस वर्ष पनि दोहोरिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिना बितिसक्दा समते सरकारको पूँजीगत खर्च ७ प्रतिशत मात्र छ । यसले सरकारको पूँजीगत खर्चको अवस्था निकै नाजुक रहेको देखाउँछ ।
कार्यालयका अनुसार गत मंगलवारसम्ममा सरकारको कुल पूँजीगत खर्च २६ अर्ब ७६ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन पूँजीगततर्फ विनियोजित कुल वार्षिक बजेटको ७.०४ प्रतिशत मात्र हो । यस वर्ष पूँजीगततर्फको बजेट ३ खर्ब ८० अर्ब ३८ करोड रुपयाँ रहेको छ ।
यसैगरी चालूतर्फ भने विनियोजित बजेटको २४.१९ प्रतिशत खच भएको छ । चालूतर्फ विनियोजित ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँमध्ये मंगलवारसम्ममा २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ ।