निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द गरेको छ ।
निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।
निर्वाचन आयोगले सो सेवा कहिले देखि सञ्चालन गर्र्ने खुलाएको छैन ।