Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ मंसिर । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन मूल्य आज प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x