Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सातामै थपियो करिब १७ अर्ब निक्षेप

सातामै थपियो करिब १७ अर्ब निक्षेप

काठमाडौं, ७ मंसिर । कात्तिकको अन्तिम साता बैंकिङ्ग प्रणालीमा करिब १७ अर्ब निक्षेप थपिएको छ । यद्यपि कात्तिक महिनाभरमा भने जम्मा २२ अर्ब निक्षेप थपिएको देखिन्छ ।

चुनावका लागि बैंकबाट रकम झिक्ने र राख्ने क्रम उस्तै देखिएको छ । ऋण लगानी भने पछिल्लो हप्ता ठप्प भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

कातिकको ४ गतेसम्म बाणिज्य बैंकमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा कात्तिक ३० सम्म आइपुग्दा निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।
कात्तिक अन्तिम साता चुनाव नजिकिएसँगै आर्थिक गतिविधि बढ्दा निक्षेप संकलन बढेको जानकारहरु बताउँछन् । असोज मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप थियो । यता, एक महिनाको अवधिमा कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

यस्तै कात्तिक मसान्त सम्ममा बैंकहरुको औसत सीडी रेसियो ८७.१९५ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x