Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

काठमाडाैं, ९ मंसिर । मंगलम इण्डष्ट्रिजले औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७÷७८ मा सर्वाधिक आयकर बुझाएकाे छ । मंगलम इण्डष्ट्रिजले आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गरि आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेस समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिजका लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरेका छन् ।

देशमै उत्पादन गरि देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित महशुस गरेकाे कम्पनीका अध्यक्ष सुदर्शन चुरिवालले बताए । उनले भने,  ‘देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ। साथै, यस यात्राको क्रममा हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं।’

मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिब्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *