Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल लाइफद्धारा सर्वाधिक ५.०३ अर्बको मृत्यु दावी भुक्तानी

नेपाल लाइफद्धारा सर्वाधिक ५.०३ अर्बको मृत्यु दावी भुक्तानी

काठमाडाैं, ९ मंसिर । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधि मैत्रि बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कम्पनीले बताएको छ ।
गतआर्थिक वर्ष २०७८।७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएको छ ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्व ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्र्व ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३ सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x