Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

अर्थतन्त्रलाई सन्तुलित बनाउन गाली खाएरै भएपनि काम गर्नुपर्छ : गभर्नर अधिकारी

अर्थतन्त्रलाई सन्तुलित बनाउन गाली खाएरै भएपनि काम गर्नुपर्छ : गभर्नर अधिकारी

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई सन्तुलित बनाउन गाली खाएरै भएपनि काम गर्नुपर्ने बताएका छन् । सर्वांगीन विकास अध्ययन केन्द्रको ४४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

यस्तै उनले साढे एक वर्षको दबाबपछि बाह्य क्षेत्रको दबाब कम भएको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को सुरुदेखि नै बाह्य क्षेत्रमा देखिएको र अन्तिमसम्म त्यसकै दबाब कायम रहेपनि यो वर्षको तीन महिनाको तथ्यांक आउँदा केही राहत मिलेको उनले बताए । साथै अर्थतन्त्र अनियन्त्रित आयात वृद्धिले गर्दा बाह्य क्षेत्रमा देखिएको चरम असन्तुलन अहिले आएर नियन्त्रणमा आएको बताए ।

अहिले नेरूमा भुक्तानी सन्तुलन १२ अर्बले नाफा छ । डलरमा यो बराबरीमा पुगेको छ । यद्यपि गत वर्षको यही अवधिमा ८८ अर्बको घाटा थियो त्यसकारण यसलाई निकै नियन्त्रणमा आएको उनको भनाइ छ ।
गत वर्षको सुरुदेखि नै समस्या आएपछि राष्ट्र बैंक तथा सरकारले लिएका कसिला नीतिको फलस्वरुप अहिले बाह्य क्षेत्र सन्तुलित भएको उनको भनाइ छ । राष्ट्र बैंकले गत वर्षको पुष देखि नै आयात नियन्त्रणका लागि ऋणमा कडाइ गरेको थियो भने बैशाखदेखि सरकारले सीमितवस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो समय भुक्तानी सन्तुलनको दबाब न्यून हुँदै आएपछि कसिला नीतिलाई खुकुलो बनाउँदै आइएको र प्रतिबन्धित सूचीमा पनि चारवटा वस्तुमात्र रहेको उनको भनाइ छ।

तरलतामा देखिएको समस्या र त्यसको कारणले बढेको ब्याज र यही कारणले निजी क्षेत्रमा परेको ऋणको भारले सिर्जना भएको समस्या पनि विस्तारै न्यून हुँदै जाने उनले बताए । आयात केही घटेका कारणले सुधार भइरहे पनि सरकारको वित्तीय घाटा बढेर गएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x