Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

नेपालले रू. २० खर्ब ११ अर्ब ९५ करोड ऋण तिर्न बाँकी

नेपालले रू. २० खर्ब ११ अर्ब ९५ करोड ऋण तिर्न बाँकी

काठमाडौं, १० मंसिर । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा मात्र नेपालले कुल रु एक खर्ब २१ अर्ब ऋण तिरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८÷७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो ।

उक्त प्रतिवेदनअनुसार गत आवमा नेपालले आन्तरिक ऋणको साँवा रु ४७ अर्ब ३३ करोड ७८ लाख र ब्याज रु ३७ अर्ब ५८ करोड ६८ लाख गरी कुल रु ८४ अर्ब ९२ करोड ४६ लाख भुक्तानी गरेको छ । बाह्य ऋणको साँवा रु २९ अर्ब ४१ करोड ५८ लाख साँवा र ब्याज सात अर्ब ४४ करोड २० लाख गरी कूल रु ३६ अर्ब ८५ करोड ७८ लाख भुक्तानी भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव २०७८÷७९ सम्ममा नेपाले तिर्न बाँकी कूल ऋण रु २० खर्ब ११ अर्ब ९५ करोड ४१ लाख बराबर रहेको छ । अघिल्लो आव २०७७÷७८ मा यस्तो ऋण रु १७ खर्ब ३७ अर्ब ६३ करोड ६८ लाख बराबर रहेको थियो । अर्थात् गत आवमा मात्र नेपालको सार्वजनिक ऋण रु दुई खर्ब ७४ अर्ब ३१ करोड ७३ लाख थपिएको छ । अहिले नेपालले तिर्न बाँकी ऋणमध्ये रु नौ खर्ब ८६ अर्ब १० करोड ७० लाख आन्तरिक ऋण र रु १० खर्ब २५ अर्ब ८४ करोड ६१ लाख बराबर बाह्य ऋण रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x