Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

यस साता ३०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे बढ्यो

यस साता ३०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे बढ्यो

काठमाडाैं, १० मंसिर । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो साताको शुक्रबारसम्म ९७ हजार ८०० रूपैयाँ कायम भएको छापावाल सुनकाे मूल्य  गत साताको शुक्रबार तोलाकाे ९८ हजार १०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ३०० रूपैयाँ छ ।

सुन यस साताकाे सोमबार तोलामा ६०० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार ३०० ले घटेको सुनको मूल्य बुधबार ४०० ले घटेको थियो । यस्तै, बिहीबार १००० रूपैयाँ प्रतितोलाले बढेको सुनको मूल्य शुक्रबार स्थिर रहेको थियो ।

यो साता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ८० रूपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १२ सय ९५ रूपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x