Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वाणिज्य बैंकहरूलाई नयाँ क्षेत्रकाे पहिचान गरी लगानी गर्न गभर्नर अधिकारीकाे आग्रह

वाणिज्य बैंकहरूलाई नयाँ क्षेत्रकाे पहिचान गरी लगानी गर्न गभर्नर अधिकारीकाे आग्रह

काठमाडाैं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै ऋणीलाई ऋण थपिरहने परिपाटीलाई राष्ट्र बैंकले नियन्त्रण गर्न खोजेको  बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनको १३औं साधारणसभामा बोल्दै गभर्नर अधिकारीले पुरानै ऋणीले थप ऋण लिइरहँदा निक्षेपक वृद्धि नहुने र अर्थतन्त्रमा समस्या आउने भएकाले नियन्त्रण गर्न खोजिएको बताए।

हाल  वाणिज्य बैंकहरूले पुरानाे ऋणीलाइ थप व्याजका लागि ऋण दिदै गरेकाे र यसबाट कुनै उपलब्धी नहुने बताउँदै बैंकहरूले नयाँ क्षाेत्रकाे पहिचान गरी ऋण प्रवाह गर्न आग्रह गरे ।

यस्तै उनले अर्थतन्त्रका सूचक सकारात्मक भएकाे भए पनि सकारात्मक पक्षहरू बाहिर नआएकाे गुनासाे गरे । उनले भने,  ‘बैंकिङ प्रणालीमा भित्रभित्रै तरलतामा सुधार भइरहेको छ। बजारमा अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको छ। यसकाे अर्थ बजारमा तरलताकाे अभाव सुध्रिदै गएकाे छ ।

साेही कार्यक्रममा नेपाल बैंकर्स संघले पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरिएकाे थियाे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x