वाणिज्य बैंकहरूलाई नयाँ क्षेत्रकाे पहिचान गरी लगानी गर्न गभर्नर अधिकारीकाे आग्रह
काठमाडाैं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै ऋणीलाई ऋण थपिरहने परिपाटीलाई राष्ट्र बैंकले नियन्त्रण गर्न खोजेको बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनको १३औं साधारणसभामा बोल्दै गभर्नर अधिकारीले पुरानै ऋणीले थप ऋण लिइरहँदा निक्षेपक वृद्धि नहुने र अर्थतन्त्रमा समस्या आउने भएकाले नियन्त्रण गर्न खोजिएको बताए।
हाल वाणिज्य बैंकहरूले पुरानाे ऋणीलाइ थप व्याजका लागि ऋण दिदै गरेकाे र यसबाट कुनै उपलब्धी नहुने बताउँदै बैंकहरूले नयाँ क्षाेत्रकाे पहिचान गरी ऋण प्रवाह गर्न आग्रह गरे ।
यस्तै उनले अर्थतन्त्रका सूचक सकारात्मक भएकाे भए पनि सकारात्मक पक्षहरू बाहिर नआएकाे गुनासाे गरे । उनले भने, ‘बैंकिङ प्रणालीमा भित्रभित्रै तरलतामा सुधार भइरहेको छ। बजारमा अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको छ। यसकाे अर्थ बजारमा तरलताकाे अभाव सुध्रिदै गएकाे छ ।
साेही कार्यक्रममा नेपाल बैंकर्स संघले पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरिएकाे थियाे।