Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एकैदिन ताेलामा १००० रूपैयाँले बढ्याे सुनकाे मूल्य

एकैदिन ताेलामा १००० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं, २८ मंसिर । बुधबार पुन: नेपाली बजारमा सुनचाँदीकाे मूल्य बेकाे छ । हिजाे प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १००० रुपैयाँ बढेको हो।

आज छापावाल सुनकाे मूल्य ताेलकाे १ लाख १ हजार रुपैयाँ निर्भारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन १ लाख रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुनकाे मूल्य आज ताेलाकाे १ लाख ५०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि ताेलामा १० रूपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x