Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

केही बेरमा सार्वजनिक हुँदै निर्वाचनको अन्तिम परिणाम

केही बेरमा सार्वजनिक हुँदै निर्वाचनको अन्तिम परिणाम

काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक हुने भएकाे छ । निर्वाचन आयोगले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको जनाएकाे छ ।

मंसिर ४ गते भएको निर्वाचनको समानुपातिकतर्फको परिणाम आइसकेको छ । आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी पनि गरिरहेको छ ।

मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रमा निर्वाचन भएको थियो । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपालगायत १२ दलले प्रतिनिधित्व गर्न पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x