आइएमई जनरल इन्स्योरेन्स र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता
काठमाडौं, १३ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस सेवा प्राप्त गर्न सकिने छ ।