Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेले अनलाईन ट्रेडिङ प्रणालीको परिक्षणको लागि कम्पनी छनौट गर्दे

नेप्सेले अनलाईन ट्रेडिङ प्रणालीको परिक्षणको लागि कम्पनी छनौट गर्दे

काठमाडौं, १३ जेठ । नेपाल स्टक एक्सचेन्जले पूर्ण अनलार्इन ट्रेडिङ प्रणालीको परीक्षण गर्न कम्पनी छनौट तथा नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । उक्त प्रक्रियाको लागि नेप्सेले कम्पनी छनौट गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

नेप्सेले एक महिनाको समय अवधि राखेर विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरेको हो । आगामी असार १० गतेसम्म ईच्छुक कम्पनीलाई बोलपत्र पेश गर्न नेप्सेले आह्वान पत्रमा भनेको छ ।

वाईको प्रालीको तयार पारेको अनलाईन ट्रेडिङ प्रणालीको परीक्षण, समस्या समधान र प्रमाणिकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया थालेको नेप्सेले जनाएको छ ।

अनलार्इन शेयर कारोबारको प्रविधि प्रयोगकर्ताले सञ्चालन गर्नसक्ने अवस्थामा पुर्याउनका लागि नयाँ कम्पनी छनौट गर्न लागिएको हो । उक्त कम्पनीको छनौटपछि पूर्ण अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण आरभ्भ गरिने र त्यसपश्चात नियमित सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x