Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनएमबि बैंकका ग्राहकहरुलाइ स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

एनएमबि बैंकका ग्राहकहरुलाइ स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

काठमाडाैं, ६ पुस । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक बैंकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटको लागी सहकार्य गरेको जनाएको छ ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x