Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत बोनस पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत बोनस पारित

काठमाडौं, ७ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार काठमाडौंमा सम्पन्न सभाले बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
त्यस्तै, मेगा बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गरेको छ ।

साथै, बैंकले अधिकृत पुँजी १८ अर्बबाट ५० अर्ब पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ । १००ः९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x