Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नवनियुक्त गृह मन्त्री समक्ष महासंघको औपचारिक भेटवार्ता

नवनियुक्त गृह मन्त्री समक्ष महासंघको औपचारिक भेटवार्ता

काठमाडौंं १२ पौष । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिनुभयो ।
सो अवसरमा अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गर्नुुभयो ।

भेटवार्ताकाक्रममा महासंघ तथा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध समेत गरिएको थियो ।
त्यसैगरी सिमाक्षेत्रबाट हुने अवैध आयात÷व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गरयो । भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिइएको थियो ।

जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो ।
सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले महासंघको शुुभकामना तथा सदासयताका लागि आभार प्रकट गर्नुभयो ।

गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसंग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x