Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् भारत निर्यात गर्न सक्ने

प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् भारत निर्यात गर्न सक्ने

काठमाडौं, १३ पुस । नेपाल विद्युत् प्राधिकरणले अब भारतमा ४५२.६ मेगावाट सम्म विद्युत् निर्यात गर्न सक्ने भएको छ । थप दुई आयोजनाको विद्युत् निर्यातका लागि अनुमति पाएसँगै निर्यात हुने परिमाण पनि बढेको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ । अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सुक्खायाम सुरु भएसँगै पर्याप्त विद्युत् उत्पादन नभएपछि प्राधिकरणले अहिले भारतबाट विद्युत् खरिद गरेर देशभित्र विद्युत् आपूर्ति गरिरहेको छ । आगामी वैशाख अन्तिमदेखि भने निर्यात थाल्ने योजना प्राधिकरणको छ । प्राधिकरणले गत वर्षदेखि दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी आईएक्समा बिक्री सुरु गरेको थियो । यो वर्ष थप आयोजनाले अनुमति पाएपछि २७ जेठबाट छवटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री थालेको थियो ।

त्यस्तै १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । अहिले थप दुई आयोजनासँगै १० जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यातको अनुमति पाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x