Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

रसुवागढी नाकाबाट ५ महिनामा ९४ अर्ब ५८ करोडको वस्तु आयात

रसुवागढी नाकाबाट ५ महिनामा ९४ अर्ब ५८ करोडको वस्तु आयात

काठमाडौं, १३ पुस । चीनसँगको प्रमुख नाका रसुवागढीबाट चालू आर्थिक वर्षका ५ महिनामा साढे ९४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्ममा चीनबाट ९४ अर्ब ५८ करोड ११ लाख रुपैयाँ बराबरको सामान आयात भएको हो ।

सो अवधिमा नेपालबाट चीनमा निर्यात भने २४ करोड ४७ लाख रुपैयाँ बराबरको भएको छ । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् ।

यसैबीच, लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x