आज पनि बढ्याे सुनकाे मूल्य, ताेलाकाे १ लाख ११००

काठमाडाैं, १३ पुस । नेपाली बजारमा बुधबार पनि सुनकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा २०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा ४०० रूपैयाँले बढेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार १०० रूपैयाँ कायम भएको छ । मैगलबार छापावाल सुन प्रतितोला १ लाख ७०० रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै तेजावी सुनकाे मूल्य आज ताेलाकाे १ लाख ६०० रूपैयाँ निर्धारण भएकाे छ । मंगलबार तेजावी सुन प्रतिताेला प्रतिताेला १ लाख २०० रूपैयाँमा किनबेच भएकाे थियाे।
आज चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँ बढेर १ हजार ४०० रूपैयाँ कायम भएको छ । हिजो प्रतितोला चाँदी १ हजार ३९० रूपैयाँमा खरिदबिक्री भएको थियो ।