लगातार दाेस्राे दिन उच्च अङ्कले बढ्याे नेप्से परिसूचक, ३ अर्ब ८८ करोड ४३ लाखकाे काराेबार

काठमाडाैं, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएसँगै आज मंगलबार दाेस्राे दिन पनि सेयरबजारमा उच्च अंककाे वृद्धि देखिएकाे छ । पहिलो कारोबार दिन हिजो साेमवार ५६ दशमलव ८८ अङ्कले बढेको नेप्से परिसुचक आज पनि ५९ दशमलव ८७ अङ्कले बढेकाे हाे ।
मंगलबार, नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंक विन्दुमा आइपुगेको हाे । आज १ करोड २० लाख २९ हजारको कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाखमा खरिद बिक्री भएको छ । २०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
त्यसैगरि, लक्ष्मी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, आज सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रशितले बढेको छ ।