Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उद्योग परिसंघका पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्रीले भने-सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नु मै छ

उद्योग परिसंघका पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्रीले भने-सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नु मै छ

काठमाडाैं, १२ पुस । नेपाल उद्योग परिसंघले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ।  मंगलबार बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै  चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए।

परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्री समक्ष पेस गरेको छ।

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न  वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रर्वद्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए। उनले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नु मै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, बीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायतले बधाई तथा शुभकामना दिएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x