Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

टाटा मोटर्सको मेगा सर्भिस क्याम्प सुरु

टाटा मोटर्सको मेगा सर्भिस क्याम्प सुरु

काठमाडाैं, १२ पुस । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले काठमाडाैं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड तथा उपत्यकाबाहिर पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, सर्रा, धनगढी र नेपालगन्जमा क्याम्प सुरु गरेको हो ।

ललितपुरको बागडोलमा आयोजित एक समारोहमा टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेसका  (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठ, टाटाको नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर अजितनारायण सिंह, सिप्रदीका सिओओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रूपमा क्याम्पको उद्घाटन गरेको जनाइएको छ ।

तीनदिने क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ । जाँच गराउँदा गाडीधनीले म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्टस्को खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेकअप, ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा निःशुल्क पाउने जनाइएको छ । त्यस्तै, क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको चार हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *