Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बिओकेले सुरु गर्‍याे क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवा

बिओकेले सुरु गर्‍याे क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवा

काठमाडौं, १३ पुस । बैंक अफ काठमाडौंले क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको शुभारभ्भ गरेको हो ।

 

यस नयाँ सेवा मार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।

बैंकले ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्नेछन् । उक्त चेक जम्मा भए पश्चात् चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गरनेछन् ।

बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने छ । कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले जनाएकाे छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x