‘वस्तुको बजारीकरण तथा अन्तर्राष्ट्रिय बजार प्रवद्धनमा विशेष ध्यान दिऔं’ (भिडियाे सामग्री)
काठमाडौं, १३ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयाम रायाले मुलुकको आर्थिक अवस्था सुधार गर्न कूटनीतिक नियोगले आर्थिक कुटनीतिमा ध्यान दिनुपर्ने बताएका छन् ।
अर्थतन्त्र सुधार गर्न नसके, रेमिट्यान्स र आयात राजश्वको मात्र भर परे अगाडी बढ्न नसकिने बताए । त्यसैले उनले उत्पादनदेखि नै क्रियाशिल बनि निर्यातमा जोड दिँनु पर्ने आवश्यकता औंल्याए । वस्तुको उत्पादन गरेर मात्र पनि नहुने बताउँदै उनले वस्तुको बजारीकरण तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।