सरकारका दुई सचिवमा हेरफेर : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे
काठमाडौं, २१ पुस । मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।